ढुक्क हुनुहोस् ! नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु : अध्यक्ष राणा

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् ।

उनले भने– ‘यत्रो ९ महिना बितिसक्यो, तर सरकारले काम देखाउन सकेन् । दुई तिहाईको यत्रो शक्तिशाली सरकार छ, तर सरकार अल्मलिएको छ ।’

अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोेखे । उनले भने–‘सरकारले ब्यूरोक्रेसी हाँक्न सकेन् ।

फरक प्रसंगमा उनले अब तीनवटै राप्रपा एक हुनेगरि छलफल अघि बढाइएको पनि जानकारी दिए । उनले भने–‘हामीबीच एकताको लागि सकारात्मक छलफल तथा सम्वाद जारी छ ।

उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने बताए । उनले भने,‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँट पनि छ ।’

Loading...
प्रकाशित मिति २१ कार्तिक २०७५, बुधबार १२:०३