२१ दिनपछि प्रधानमन्त्री ओली सार्वजनिक : सुरुमै यस्तो व्यंग्य गरेर हँसाए

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

चिकित्सकहरुको परामर्शमै उनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

उनले भाषणको सुरुमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जयमान भएको थियो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाजस्तो विद्वान कवि विश्वमा कहीँपनि नभएको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गरे । उनले अत्याधिक धु्रमपान गरेर देवकोटाले गम्भिर भूल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराए ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता बाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसारनै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताएका छन् ।

Loading...
प्रकाशित मिति २२ कार्तिक २०७५, बिहीबार ०८:२६