राजा ज्ञानेन्द्रसँग त डराईन, त्यस्ता डोरमणीसँग डराउछु : केशव स्थापित

प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा प्रतिकार गरेको बताए ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन्। ‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’, उनले भने, ‘राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?’

स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन् । आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको उनको दाबी छ ।

‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेका डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । मलाई पूर्वाधारमन्त्री बनाउनु भनेर पौडेल हिँडेका हुन् । उहाँको हैसियत नै त्यही हो’, उनले भने, ‘त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ?’

स्थापितले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन्। उनले पौडेलको साँठगाँठ सिआईएसँग रहेको आरोपसमेत लगाएका छन्।

‘ललितपुरको भैसेँपाटीमा पौडेलको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको लगानीमा सञ्चालित छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसपान गर्नुहुन्छ’, उनले भने, ‘यो कुरा मैले सुनेको हो । तर, त्यो रसपान के हो ? मलाई थाहा छैन् ।’

Loading...
प्रकाशित मिति २२ कार्तिक २०७५, बिहीबार १२:०९