घाँटी हल्लिएर थाईल्याण्ड पुगेका मुख्यमन्त्री राई एक्कासी अमेरिकामा देखिए

घाँटी हल्लिने समस्याको उपचारका लागि भन्दै थाइल्यान्डको बैंकका उडेका प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राई एकाएक अमेरिकाको न्यूर्योक पुगेका छन् ।

बैंकका गरिएको स्वास्थ्य जाँचका क्रममा चिकित्सकहरुले स्वास्थ्यमा कुनै समस्या नरहेको बताएपछि मु्ख्यमन्त्री राई व्यक्तिगत भ्रमणका लागि भन्दै न्यूर्योक पुगेका हुन् ।

न्यूर्योक पुगेर मुख्यमन्त्री राईले त्यहाँका गैरआवासीय नेपालीलाई नेपालको विकासको लागि देशविदेका सबै नेपाली जुटनुपर्ने बताएका छन् । थाइल्याण्ड हुँदै अमेरिका पुगेका मुख्य मन्त्री राईले प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा बोल्दै देश विकासमा सबैको भूमिका खोजेका हुन् ।

मुख्यमन्त्री राईले अमेरिकाबासी नेपालीसँग प्रदेश १ को राजधानी र नामबारे कुरा राख्न समेत भ्याए । ‘सबै विशेषताले भरिएको नेपालको प्रदेश नम्बर १ लाई सगरमाथा वा किरात राख्नेबारे जनताकै सुझावको आशा गरेका छौँ’,
मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्रममा भाग लिएपछि बाल्टिमोर हुँदै नायागारफल्सतिर गएका छन् ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७५, शुक्रबार ०३:३०