पुर्वराजा ज्ञानेन्द्र र पुर्वयुवराज पारसको भाइटिका

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट अाज विहान (९:५१ बजे)को शुभ-साइतमा बहिनी पूर्व श्री ५ अधिराजकुमारी शोभा शाहीबाट भाइटीका ग्रहण गरिएकाे छ ।

त्यस्तै पूर्व युवराजाधिराज पारस वीर बिक्रम शाहबाट पनि बहिनीहरू पूर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, शाहज्यादीहरु पूजा राज्य लक्ष्मी देवी शाही, शिताष्मा राज्य लक्ष्मी देवी शाह तथा दिलाशा राज्य लक्ष्मी देवी राणाबाट भाइटीका लगाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहबाट भाइ टीका लगाएकाे तस्विरहरू सामाजिक सञ्जालमा भाइरल नै बनेको देख्न सकिन्छ

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७५, शुक्रबार ११:४१