हिराबहादुरबाट ह्यारी हुदैँ यसरी बने अमेरिकी संसद

अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ ।बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जीत हासिल गर्नुभएको हो ।

तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हँुदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजारभन्दा बढी मत ल्याउनुभएको छ । भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका आउनुभएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक हुनुहुन्थ्यो भने अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध हुनुहुन्छ ।

एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिनुहुन्छ ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७५, शुक्रबार १२:००