राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएका छिन् । शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन शीतलनिवासमा उनले सप्तरङ्गी टीका लगाइदिएकि छिन् ।
त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेका थिए ।
यसैबीच राष्ट्रपतिले विद्या भण्डारीले लगाउने भाइटीकाको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई शितल निवासमा प्रवेश निषेध गरिएकाे छ । तस्बिर र भिडियो खिच्न गएका पत्रकारहलाई सुरक्षाकर्मीहरुले गेटमा नै रोकेका हुन्।
यसअघिका दुई वर्षमा राष्ट्रपतिको भाइटीकाको तस्बिर र भिडियो खिच्न पत्रकारहलाई अनुमति दिइएकाे थियो।
दशैँमा राष्ट्रपतिले टीका लगाइदिँदा घुँडा टेकेर टीका लगाएको फोटो सार्वजनिक भएसँगै उनकाे चर्काे आलोचना भएकाे थियाे । तस्बिर बाहिरिएसँगै सामाजिक सञ्जालमा चर्काे अालाेचना भएकाले तिहारमा राेक लगाइएकाे हुनसक्ने अाँकलन गरिएको छ ।