सभामुख महरा क्रिश्चियन कि हिन्दु ? ‘२३ वर्षपछि लगाए आफ्नै घरमा भाइटीका’

कुनै समय क्रिश्चियन धर्ममा लागेको भन्दै निकै चर्चामा रहेका नेता एव सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाएका छन् । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाएका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाएका हुन् ।

सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन या उनले लगाउनै चाहेनन् ।

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएकोो राससले जाएको छ ।

Loading...
प्रकाशित मिति २४ कार्तिक २०७५, शनिबार ०३:४५