नुवाकोटमा देउसी खेल्न निस्किएका पाँच बालिका भेटिए सुर्खेतमा ..

तिहारमा देउसी खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएपछि अच्चमिित परेका छन् । बुधवारदेखि बेपत्ता रहेका बालिका सुर्खेतमा भेटिएक हुन्।

देउसी खेल्न गएका लिखु गाउँपालिका ३ पट्टावारीका बालिका बेपत्ता भएको तीन दिनपछि सुर्खेतमा भेटिएको परिवारले जानकारी दिएका छन् ।

बुधवार साँझ देउसी खेल्न गउँतर्फ गएका सिर्जना, सम्झना, सविना, सामना र रेमा थापामगरलाई सुर्खेतबाट उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छन्।

देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोज तलास गर्नका लागि प्रहरीमा परिवारजनले बिहीबार जाहेरी दिएका थिए। खोजतलास गर्दा उनीहरु सुर्खेतमा फेला परेको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । उनीहरुलाई सुर्खेत पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउसमेत गरेको छ।

Loading...
प्रकाशित मिति २४ कार्तिक २०७५, शनिबार १२:२५