धादिङमा दुई बस डरलाग्दो गरी ठोक्कीए : एक चालकको मृत्यु, ३१ घाइते

धादिङमा दुई बस एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चितवनकाे पिप्ले निवासी ४० वर्षीय इश्वर भण्डारी रहेका छन् ।

नारायणघाटबाट काठमाडाै‌ंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुने भण्डारी ना ७ ख ५२८१ नम्बरको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालक भण्डारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भएकोमा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको बताएको छ ।

Loading...
प्रकाशित मिति २४ कार्तिक २०७५, शनिबार १२:३६