पत्याउनुहुन्छ ? दिनकै ३ अर्ब भारु कमाउछन् अम्बानी

कुनै पनि व्यक्तिको एक दिनको कमाई कति होला ? हजार वा लाख वा करोड । तर, पत्याउन गाह्रो पर्छ, गएको वर्ष भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानीले प्रत्येक दिन ३ अर्ब भारुको कमाउछन् ।

बाक्र्लेज हरन इण्डियाद्धारा प्रकाशित भारतीय धनाढ्यहरुको नालीबेली समेटिएको प्रतिवेदनले अम्बानीको आम्दानी दिनहुँ ३ अर्ब भारुले बढेको जनाएको छ।

उनको कम्पनीको शेयर मूल्यमा भएको बृद्धिले यस वर्ष अम्बानीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले बढेर ३ लाख ७१ ह्जार करोड पुगेको छ। सम्पत्तिमा भएको त्यस्तो बृद्धिले गर्दा नै रिलायन्स इण्डस्ट्रिजका अध्यक्ष ६१ वर्षीय अम्बानी लगातार सातौं वर्षपनि भारतका सबैभन्दा धनाढ्य व्यक्तिमा दरिन पुगेका छन्।

बाक्र्लेजले भारु एक हजार करोडभन्दा बढी खुद सम्पत्ति भएका धनाढ्यहरुको सूची तयार पारेको थियो। जसअनुसार त्यस्ता धनाढ्यहरुको संख्या सन् २०१७ को ६१७ बाट बढेर सन् २०१८ मा २०१८ पुगेको छ। धनाढ्यहरुको सूचीमा दोस्रो र तेस्रो नम्बरमा क्रमश: भारतीय मूलका बेलायती नागरिकद्वय एसपी हिन्दुजा र लक्ष्मी मित्तल छन्। चौथो नम्बरमा भने भारतीय आइटी कम्पनी बिप्रोका संस्थापक अजिज प्रेमजी रहेका छन्।

अम्बानी एक्लैको सम्पत्ति एसपी हिन्दुजा एण्ड परिवारको १ लाख ५९ हजार करोड भारु, एलएन मित्तल तथा परिवारको १ लाख १४ हजार ५०० करोड भारु र अजिज प्रेमजीको ९६ हजार १०० करोड भारुको बराबर हुने समेत जनाइएको छ।

Loading...
प्रकाशित मिति २५ कार्तिक २०७५, आईतवार ०४:५४