५ महिने बालिकाको उपचारमा रकम अपुग, सहयोगको अपिल : सके सहयोग नसके शेयर गरौ

अन्नपूर्ण गाउँपालिका–७ हिस्तान म्याग्दी ५ महिने बालिका औलकी सियाना रन्तिजाको उपचारमा रकम अपुग भएको छ । पित्त थैलीमा समस्या देखिएपछि नेपालका अस्पतालमा उपचारको क्रममा कलेजोमा समस्या देखाएपछि थप उपचारका लागी भारतका डिल्लीस्थीत सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ ।

रन्तिजालाई कलेलो प्रत्यारोपणका लागि मात्रै करिव २१ देखि २५ लाख भारु लाग्ने चिकित्सकले बताएपछि संकलित रकमले अपुग भएको सियानाकी आमा रेश्मा शेरपुञ्जा रन्तिजाले।बताईन् ।

‘छोरीको उपचारमा विश्वभरबाट सहयोग संकलन भइरहेको छ,‘धेरै सहज भएको छ’ उनले भनिन् ।उपचारमा विभिन्न संघसंस्था र ब्यक्तिगत सहयोगबाट करिव २९ लाख नेपाली संकलन भएको बताईन् ।नेपालमा विभिन्न अस्पताल र भारतमै हालसम्म ७ लाखभन्दा धेरै खर्च भएको बताउँदै कलेजो प्रत्यारोपणमा ठुलो आर्थिक खर्च हुने भएकाले सहयोग सङ्कलनलाई निरन्तरता दिएको उनले बताईन्।

उपचारमा अनुमान गरेभन्दा १० गुणा पैसा लाग्ने अवस्थामा पनि स्वदेश तथा विदेशमा रहेका नेपालीको पहलमा सुरु भएको आर्थिक सहयोग अभियानले छोरीले नयाँ जीवन पाउने उनले बताईन् । अस्पतालमा नियमित चेकजाँच, औषधीको आवश्यकता भएकाले होटलमा खर्च महंगो भएपछि अस्पताल नजिक कोठा भाडामा लिएर बसेको बताईन् ।

उनले प्रत्यारोपण लगत्तै नियमित चेकजाँच र औषधी सेवनका लागी आवश्यक पर्ने आर्थिक गरिदिन समेत अनुरोध गरेकी छन् ।

Loading...
प्रकाशित मिति २५ कार्तिक २०७५, आईतवार ०५:१३