करोडौं मानिसको ज्यान लिएको र करोडौंलाई घाइते, विधवा र टुहुरो बनाएको प्रथम विश्वयुद्ध कति भयावह थियो भन्ने हताहतीको उल्लेखित तथ्यांकहरुले नै देखाउँछ । तथ्याङ्कहरुको अभावले गर्दा सय वर्षअघि ५२ महिना चलेको उक्त युद्धको वास्तविक तथ्याङ्क थाहा पाउन त गाह्रो पर्छ ।
समाचार संस्था एएफपीले सबैभन्दा सर्व–स्वीकार्य तथ्यांकहरु यहाँ प्रस्तुत गरेको छ । मुख्य अन्तर भएको ठाँउमा अनुमानित संख्या दिइएको छ ।
आजका लगभग ७० देशहरु यस द्वन्द्वमा सहभागी भए । तर उनीहरु मध्ये अधिकांश तत्कालिन समयका ६ वटा साम्राज्यवादी शक्तिहरुको अधिनमा थिए । त्यो बेलाका विश्वशक्ति राष्ट्रहरु अष्ट्रिया–हंगेरी, ब्रिटेन, फ्रान्स, जर्मनी, रसिया र अटोमन साम्राज्य थिए । उनीहरुले विश्वका अधिकांश भागलाई नियन्त्रण लिएका थिए ।
शुरुमा लगभग दर्जन वटा राष्ट्रहरु मात्रै युद्धमा गएका थिए, बाँकी पछि मात्र सहभागि भएका हुन् । इटाली सन् १९१५ र अमेरिका सन् २०१७ मा युद्धमा प्रवेश गरे ।
द्वन्द्व अवधिभरी जम्माजम्मी २० वटा देश मात्र तटस्थ रहन सके । तीमध्ये अधिकांश राष्ट्रहरु ल्याटिन अमेरिका र उत्तरी युरोपका थिए ।
लगभग २ करोड मानिसहरु युद्धरत पक्षहरुले परिचालन गरेका थिए । युद्ध लम्बिदै र फैलिँदै जाँदा यो संख्या बढेर ७ करोड पुगेको थियो ।
सेना पठाउने प्रमुख देशहरुमा फ्रान्सले ८० लाख, जर्मनले १.३ करोड, अष्ट्रिया–हंगेरीले ९० लाख र इटालीले ६० लाख सेना खटाएको थियो ।
ब्रिटेनले ९० लाख सेना पठाएको थियो । ब्रिटेनले आफ्नो साम्राज्यभरीबाट सेना परिचालन गरेको थियो जसमध्ये अधिकांश भारतबाट थिए । त्यस्तै गरि अमेरिकाले ४० लाख सेना युद्धमा परिचालन गरेको थियो ।
पहिलो विश्वयुद्धमा मारिएका १ करोडमध्ये सबैभन्दा धेरै जर्मनी र रुसका सेना थिए । त्यसमा दोब्बर घाइते भएको विश्वास गरिन्छ । सेनाको आकारको हिसाबले सबैभन्दा ठूलो क्षति सर्वियाले भोग्यो । उसको सेनाको चार भागको तीन भाग त समुल नष्ट भएको थियो ।
युद्धका सुरुवाती हप्तामा सबैभन्दा ठूलो हताहति भयो । उदाहरणको लागि २७ हजार फ्रेन्स सेना १९१४ अगष्ट २२ को एकै दिन मारिएका थिए । फ्रान्सको इतिहासमा यो उसको सेनाले भोगेको सबैभन्दा ठूलो क्षति हो ।
संघर्षमा गोली बारुद्धले सबैभन्दा धेरै मारिएका थिए । कुल हताहतीमध्य ७०% को ज्यान हतिहारको कारण गएको थियो । ५० लाख देखि ६० लाख त काटिएका थिए ।