अस्ट्रेलियन युवा संसारकै सबैभन्दा धनी, नेपाली युवा कती ?

पछिल्लो समय नेपाली युवा युवतीहरुको आकर्षक र भरपर्दो गन्तव्यस्थल बन्दै गइरहेको अस्ट्रेलिया संसारको सबैभन्दा धेरै धनी युवाहरु भएको देशहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

क्रेडिट सुइसको भर्खरै प्रकाशित एक रिपोर्ट अनुसार अस्ट्रेलियाका मध्यम वर्गीय युवाहरु संसारको सबैभन्दा धनीको सूचीमा परेका हुन् ।

अस्ट्रेलियाको एक मध्यम वर्गीय युवासँग १ लाख ९१ हजार ४ सय ५३ अमेरिकी डलर (२ करोड २४ लाख रुपैयाँ) सम्पत्ति छ, जुन संसारको अन्य देशका युवासँग भएको सम्पत्तिभन्दा सबैभन्दा धेरै हो ।

यसैगरी उक्त सूचीमा स्वीट्जरल्याण्ड सबैभन्दा धेरै धनी युवाहरुको देशको सूचीमा दोश्रो नम्बरमा परेको छ ।

बिजनेस इन्साइडरमा यही शुक्रबार प्रकाशित उक्त रिपोर्ट अनुसार विश्वका सबैभन्दा धनाढ्यहरु रहेको देश अमेरिका भने १८औं नम्बरमा परेको छ ।

त्यसैगरी उक्त सूचीमा बेल्जियम तेश्रो र नेदरल्याण्ड्स चौथो नम्बरमा छन् । त्यस्तै जापान, फ्रान्स, क्यानडा, न्युजिल्याण्ड, बेलायत र सिंगापुरका युवाहरु‘टप टेन’भित्र पर्न सफल भएका छन् । यसमा नेपाली युवाको अवस्थबारे केही खुलाईएको छैन ।

Loading...
प्रकाशित मिति २६ कार्तिक २०७५, सोमबार २३:००