पत्याउनुहुन्छ ? कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत।
चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो लोकगीत सुन्ने बानी परेको छ ।
कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् ।
फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मन सक्ने भएकाले यस्तो गरिएको सञ्चालक फिरोज श्रेष्ठले बताए ।
यसरी गीतको तालमा झुम्ने बानि परि सकेको लोकगीत सुन्न नपाए छट्पटाउने ठोक्किने जुध्ने र गीतको तालमाा ध्यानमग्न भएपछि कुखुराले शान्तसँग दाना खाने र अण्डापनि धेरै पार्ने उनलृ दाबी गरे ।