पाँच दिनदेखि हराएका निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत भेटिएका छन् । घरभन्दा २ सय मिटर पूर्व रहेको केराबारीमा मंगलबार विहान उनी मृत भेटिएका हुन् ।
प्रहरी टोली घटनास्थलमा पुगेको र चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको प्रहरीले बताएको छ ।
मृतकका बुवा वैदेशिक रोजगारीमा छन् । पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन् ।
मृत्युको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन्।