देशकै बेईजत : पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती

पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्तुगलमा कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा

ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी सेफको चेकजाचको क्रममा नेपालीहरु रोहिंगा शैलीमा पोर्तुगलको आरक्षण क्षेत्रमा जस्ताको टहरो बनाएर बस्दै आईरहेको भेटेको छ। जीवनका लागि न्युनतम सुविधाहरु पानी, बिजुली र शौचालय पनि नभएको र सो क्षेत्रमा बसोबास गर्नु नै गैरकानुनी भएको सेफले जनाएको छ।

पछिल्लो समयमा युरोपमा मानब तस्करीहरुको केन्द्र नै पोर्तुगल बन्दै आईरहेको छ। यहाँ विभिन्न समाज र संस्था गठन गरेर ठगी, दलाली र मानब तस्करी गर्ने नेपालीहरुको जमात पनि पढ्दो छ। बिशेषत कृषिमा सरकारी कोटामा कामदारहरु ल्याएर करीब एक लाख २० हजार सरकारी दस्तुरका अतिरिक्त मानब तस्करीहरु संगको सेटिङ्मा १२-१२ लाख भन्दा बढी असुल्ने गर्दछन् ।

हालै मात्र अल्सेसर दो सालको बारुण नियन्त्रण शाखाले एक रिपोर्ट प्रस्तुत गर्दै त्यस क्षेत्रबाट सबै टहराहरु हटाउन भनेको छ। पोर्तुगलको वातावरण मन्त्रालयले ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा अनुशन्धान गर्दै त्यसक्षेत्रमा जस्ताका टहराहरु बनाएर बसेका नेपालीहरुले जताततै दिशापिसाब गेरको, फोहोर गरेको र आठ मिटरसम्म रुखहरुको हालत खराब गेरको एक रिपोर्ट निकालेको छ

यहाँको सर्कार्क्ले निर्माण र खेतीमा काम गर्ने उनीहरु मानव तस्करहरुमार्फत ल्याइएको आशंका गरेको छ । गाह्रो र खतरनाक काम भएपनि उनीहरुले प्रतिघन्टा ३ युरोभन्दा थोरै पैसामा काम गरेको बताएका छन् । जो अन्य कामको तुलनामा एकदमै कम हो | एक पोर्तुगिस टेलिभिजनका अनुसार उनीहरु अपमानजनक तवरले न्युनतम मापदण्ड पनि नभएको ठाउमा बसेको जनाएको छ । नेपालमा सुकुम्बासीहरुको टहराजस्ता छाप्रामा उनीहरु बस्ने गरेको देखाइएको छ ।

दयनीय अवस्थाबारे टिप्पणी गरे पनि टेलिभिजनले उनीहरुको कानुनी वैधता वा यस्तो अवस्थाबारे केही खुलाएको छैन ।यहाँका सुरक्षा अधिकारीले र वातावरण मन्त्रालयले ३० दिनभित्र सो क्षेत्र खाली गराउन र सरसफाई गरी वृक्षारोपण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिईसकेको छ।
-यादव देवकोटा

Loading...
प्रकाशित मिति २७ कार्तिक २०७५, मंगलवार १३:११