मुस्ताङमा गायीका अञ्जु पन्तको अातिथ्यतामा ‘इसाई धर्मको प्रचार’

यसपालि असोजमा मुस्ताङ घुम्न जाँदा ठाउँठाउँमा अञ्जु पन्तको पोस्टर देखियो । मुक्तिनाथ मन्दिरबाट झोङ जाने बाटोमा रहेको सुनसान गाउँमा समेत पोस्टर टाँसिएको थियो।

पोस्टरमा गायिका अञ्जु पन्त भन्दै फोटो राखिएको छ। साथमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम लेखिएको छ। आयोजकहरुको नाममा IFGF नेपाल र मुस्ताङ इसाई समुदाय लेखिएको रहेछ। IFGF भनेको International Full Gospel Fellowship को छोटो रुप हो। यसको उद्देश्य जति सक्दो धेरै देशमा जति सक्दो धेरै चर्चहरु बनाउने हो।

मुस्ताङमा पछिल्लो पटक जनगणना हुँदा १३ हजार ४५२ जनसंख्यामा सबभन्दा बढी बौद्ध धर्मावलम्बी (८ हजार+) त्यसपछि हिन्दु (५ हजार+) थिए भने क्रिश्चियनको संख्या १५२ थियो।

अतिथिका रुपमा राखिएको अर्को फोटो दानियल हानाफीको छ। उनी इसाई धर्म प्रचारक हुन् र नेपालसँगै भारत, पाकिस्तान, अफ्रिका क्षेत्रको प्रत्यक्ष सुपरभाइज गर्छन्।

कार्यक्रममा ‘रोगी बिरामीहरुको निम्ति प्रार्थना गरिनेछ’ पनि लेखिएको छ। यसरी असोज १८ मा यो कार्यक्रम सम्पन्न भईसकेको छ ।

पोस्टर हेर्दा थाहा हुन्छ अञ्जु पन्तलाई देखाएर इसाई धर्म प्रचारको एउटा कार्यक्रम हो भन्ने । नेपालमा इसाई धर्म परिवर्तन गर्नेहरु मध्ये अधिकांश यस्तै प्रार्थना र रोग निको हुनेबाट प्रभावित भएका हुन्छन्।

त्यसो त उनले आफू इसाई धर्मावलम्बी भएको सार्वजनिक पनि गरिसकेकी छिन्। २०७१ सालमा ‘दुर्गा माताको आर्शिवादले सोचे झै पुग्दै जाओस्’ बोलको गीतमा हिन्दु शब्द रहेको भन्दै गाउन नमानेको घटना सार्वजनिक भएपछि उनको निकै आलोचना भएको थियो। पछि उनले यस विषयमा माफी समेत मागेकी थिइन्।

माइसंसारबाट

Loading...
प्रकाशित मिति २७ कार्तिक २०७५, मंगलवार १५:५०