देउवा फेरी सभापतिमा उठे हामी हराउछौँ : गगन थापा

कांग्रेसका युवा नेता गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई पुनः उम्मेदवारी नदिन आग्रह गरेका छन्।

थापाले पार्टीको हितको लागि देउवा अब सभापति बन्न नहुने बताए। ‘पार्टी जीवनको लागि अब उहाँ सभापति बन्नु हुन्न’, थापाले भने, ‘यदी पुनः सभापतिमा उठ्नु भयो भने हराउँछौं।’

आगामी मंसिरमा हुने महासमिति बैठकले पार्टी विधान संघीय संरचना अनुसार परिमार्जन गर्न लागेको बताउँदै उनले त्यस पछाडिका संरचनामा निर्वाचन नगरि मनोनयन गरेर पार्टी संरचना नेतृत्वले कब्जा गर्ने खतरा पनि उत्तिकै रहेको तर्फ उनले सचेत गराए।

पार्टी भित्र उमेर हदको कुरा महासमिति बैठकमा उठाउने उनले बताए। ३० वर्ष विद्यार्थी, युवालाई ४० र पार्टीको कार्यकारी पदमा बस्नको लागि ७० वर्षको हद लगाउनु पर्ने उनको सुझाव छ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७५, बुधबार ००:०३