नयाँ नेपाल : गाई गोठमा वडा कार्यलय

भौतिक संरचना कस्ता हुनुपर्छ ? गोठमा वडा कार्यालय सञ्चालन गरेर सेवा दिन सकिएला ? तर रुकुम पश्चिमको एक वडा कार्यालय गोठमा सञ्चालन गरिएको छ जहाँ वर्षाको समयमा पानीबाट जोगाउन छानोमा त्रिपाल टाँगिएको छ

त्यही त्रिपालले वर्षामा पानी छेकेको हो । घाँस उम्रिएर छानो खरबारी जस्तो पनि देखिन्छ । भित्ताले पनि घरको भार जसो तसो थामेको छ । झट्ट हेर्दा लाग्छ यो वर्षौदेखि मान्छे बस्न छाडेको घर हो ।

यही जीर्ण घरमा गएको एक वर्षभन्दा लामो समयदेखि पश्चिम रुकुमको एक यस्तै घरमा भाडा लिएर सञ्चालनमा रहेको छ ।
वडा कार्यालयले त्यहीँबाट सेवा प्रदान गरे पनि घरको मर्मत सम्भार भएको छैन । वडा कार्यालयले जोखिम मोलेरै यसै घरबाट सेवा दिइरहेको छ । साविकको चौखावाङ गाविसका ४ वडा मिलेर यो वडा बनेको हो ।

सबैको पायक पर्ने ठाउँमा भएकाले त्यही घरमा वडा कार्यालय बनाएको वडाध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो । वडा कार्यालयका लागि अन्य कुनै घर नभएको र तत्काल नयाँ भवन बनाउन सम्भव नभएपछि जोखिम छ भन्ने जान्दा–जान्दै स्थानीय पञ्चाराम बुढाको जीर्ण घर भाडामा लिएर वडा कार्यालय राख्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७५, बुधबार ०९:३३