युएर्इमा नेपालीले सुन उपहार पाएर मालामाल

अल अहलिया एक्सचेन्जकाे विन्टर अफरकाे साप्ताहिक याेजनामा दुई नेपालीले सुन उपहार पाएका छन् । बुधबार गरिएकाे पहिलाे लक्की ‘ड्र’ मा सप्तरीका बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाएका हुन् ।

एक्सचेन्जले नोवेम्वर ७ देखि जनवरी ६ तारिखसम्म आफ्ना ग्राहक लक्षित विन्टर प्रोमोसन योजना ल्याएकाे छ । यो प्रोमोसनमा सहभागी ग्राहकले २ केजीसम्म सुन जित्न सक्नेछन् ।

मेघा प्रोमोसनमा सहभागी बिजेताको लक्की ‘ड्र’ आगामी जनवरी ६ ताखिरमा खुल्नेछ । साप्ताहिक प्रोमोसनमा सहभागी १० जनाले १०/१० ग्राम र १ जनाले ५० ग्राम सुनको सिक्का पाउनेछन् ।

यो योजनामा सहभागी मध्ये ८८ जना लक्की ‘ड्र’ मार्फत साप्ताहिक बिजेता बन्नेछन् । ८ हप्तासम्म चल्ने साप्ताहिक योजना नोवेम्वर ५ तारिखसम्म रहनेछ । यो अवधिमा एक्सचेन्जको युएईमा रहेका कुनैपनि शाखाबाट पैसा पठाउने ग्राहकको नाम स्वत लक्की ड्रमा जाने छ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको र यो योजनामा नेपालसहितका अन्य देशका नागरिक पनि सहभागी बन्न पाउनेछन् ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७५, बुधबार १५:४८