वामदेवलाई अर्को झड्का : कम्पनी खडा गर्ने भनेको छैन भनेपछी, अडियो नै सार्वजनिक

नेकपा नेता वामदेव गौतमले बुधबार नयाँ पत्रिकामा प्रकाशित अन्तर्वार्ताको खण्डन गरेका छन् । उनले सो अन्तर्वार्ता आफूले नदिएको दाबी गर्दै विज्ञप्ति जारी गरेपछि नयाँ पत्रिकाले अडियो नै सार्वजनिक गरेको छ ।

पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले सो अन्तर्वार्तामा गरेका थिए ।

आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए, ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ ।

तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।
सुन्नुहोस अडियो :


नयाँपत्रिकाबाट

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार ०८:१०