मेरो दुवै खुट्टा काटियो, घर पुगेर अाउछु भनेकी श्रीमती कहिल्यै फर्किनन्

बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गरेका वुद्धि बहादुर ढकालको आजको अवस्था देख्दा हरेकको मन रुन्छ।

गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भिम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुर्घटना पर्यो र हाल दुबै खुटा काटीएको छ

हाल उहाको उपचार काठमाडौँमा भै रहेको छ र पिडितको आर्थिक स्थीति अती नाजुक भयको हुनाले नक्ललि खुट्टाको लागि आर्थिक सहयोगको अावश्यकता रहेको छ।

त्यति मात्र पक्कै पनि होइन उनकै सेवामा बर्षो देखी खटेकी संगै मर्ने संगै जिउने बाचा गरेकी उनकी श्रीमती घर पुगेर अाउछु भनेर अहिले सम्पर्कबिहिन हुदा उनको मन सारै रोइ रहेको छ।

हामी संगको कुरा कानीमा पिडित ढकाल भन्नु हुन्छ कोही मनकारी सहयोगी मन हुनु हुन्छ भनि सहयोगको लागी बिनम्र अनुरोध गर्दछु । अहिले उहाँको अार्थिक अवस्था अत्यन्तै दयनिय छ।

सहयोग गर्न ईच्छुक दाताहरुका लागि सिधा सम्पर्क मोवाईल ९७७ ९८०४१८२४६८ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

नबिल बैंक खाता नम्बर – 3310017502095
AC no:3310017502095 Nabil bank Maharajaganja KTM

भिडियो :

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार ०९:५५