प्रधानमन्त्री अोलीले सालीलाई बनाए राजदुत, अाखिर को हुन उनि ?

सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा डा. अञ्जान शाक्यलाई सिफारिस गर्ने निणर्य गरेको छ।

कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने ‘राजदूत नै बनाएको हो र’ भन्ने प्रतिक्रिया दिएका छन् ।

यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो । अनलाईनखबरबाट

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार १५:३०