कांग्रेसमा बुढा नेतालाई बिदा गर्न ११ भाइको बैठक

काँग्रेसका युवा नेताहरुले ७० वर्ष उमेर कटेका नेताहरुलाई नेतृत्ववमा नअाउन अागणरह गरेका छन् छन्ह । उनिहरुले ७० वर्ष कटेका नेताहरुले मुलुकलाई मार्गनिर्देश गर्न नसक्ने भन्दैस–सम्मान विदा गनुपर्ने बताएका छन् ।

यस विषयमा उनीहरुले मंसिर १ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव नै लैजाने तयारी गरेका छन् ।
त्यसका लागि युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल,गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त र कल्याण गुरुङसहित ११ जना नेताहरुले संयुक्त प्रस्ताव तयार परिरहेका छन् ।

११ मध्येका एक नेता गुरु घिमिरेले ११ जना नेताले लैजाने प्रस्तावलाई फरक मतका रुपमा लिन नहुने बताए ।

पुरातन र परम्परावादी शैली र सोचले काँग्रेस चल्दैन भनेर हामीले यसअघि पनि प्रस्ताव लगेका हौं, त्यसको निरन्तरतास्वरुप नेतृत्वबाट ७० कटेका नेताहरुलाई विदाई गर्नुपर्छ र काँग्रेसलाई रुपान्तरण गर्नुपर्छ भन्ने उद्देश्य र अडान कायमै छ’ नेता घिमिरेले बताए ।

फरक प्रस्ताव लैजाने विषयमा युवा नेताहरुबीच बुधबार काठमाडौँमा छलफल भएको थियो । छलफल शुक्रबार पनि हुने नेताहरुले बताएका छन् ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार २२:४९