बाँदरले यसरी काखबाटै बच्चा खोसेर मार्‍यो

आमाको दूध चुसिरहेका एक १२ दिने शिशुलाई बाँदरले खोसेर मारिदिएको छ । घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेको थियो । यो घटना भारतको आग्राको हो ।

शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बीबीसीले जनाएको छ । बाँदरले लछारपछार गर्दै टोकेकाले शिशु गम्भीर घाइतेे भएका थिए । बाँदरबाट मुक्त गरेपछि तत्कालै अस्पताल पुर्याइएका शिशुकोउपचारको क्रममा मृत्यु भएको हो।

स्थानीयका अनुसार उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दो छ।दुई महिना अघि पनि बाँदरको आक्रमण परी एक बालक सख्त घाइते भएका थिए। गत मेमा ताजमहल क्षेत्रमा दुई पर्यटकलाई बाँदर आक्रमणकोगरेको थियो ।

‘आग्राका सबै क्षेत्रहरुमा बाँदर छन्’ स्थानीय वातवरण अभियन्ता श्रवणकुमार सिंहले भने,’उनीहरु खानाका लागि खोस्न र आक्रमण गर्न माहिर छन्।’ बीबीसी

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार २३:३४