मर्नै लागेका मान्छेलाई रक्सीले बचायो ज्यान

रक्सीले बिरामी मृत्यु हुनबाट बचायो भन्दा पत्याउनुुुुहुन्छ ? बेलायती डाक्टरले त्यसै गरेर एक बिरामीको ज्यान बचाएका छन् । मुटुका बिरामी भएका एक बृद्धको ज्यान बचाउन अन्तिम उपायस्वरुप डाक्टरले इथानोल (रक्सी) को प्रयोग गरेका हुन् ।

बेलायतका बि्रस्टोलका ७७ बर्षिय रोनाल्ड एल्डोमलाई बचाउन डाक्टरले यस्तो उपाय अपनाएका हुन्। मुटुको धड्कन अस्वभाविक भएपछि अस्पताल ल्याइएका उनलाई बचाउन डाक्टरले शुद्ध इनाथोल प्रयोग गरेका थिए।

उपचारमा संलग्न डाक्टर टम जोनसनका अनुसार उनको मुटुको धड्कनमा अवरोध पुर्‍याउने मांशपेशीलाई इथानोल प्रयोग गरी मृत बनाएपछि उनको धड्कन स्वभाविक अवस्थामा आएको हो।

‘डाक्टरले यसो नगरेको भए म बााच्ने थिइन्’, घर आएपछि उनले भनेका छन्,’धन्यवाद डाक्टरहरुलाई।’ बीबीसीमा समाचार छ ।

Loading...
प्रकाशित मिति ३० कार्तिक २०७५, शुक्रबार १०:२३