पूर्व उपसभामुख सुवेदीले ‘बुहारीलाई छोरीसरह’ अन्माएर पठाईन्

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र उनका श्रीमान् प्रकाशले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन्। सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन्।

व्यापारको शिलशिलामा काठमाडौँ गएको बेलामा वि.सं. २०७२ सालको भूकम्पमा छोरा अच्यूतराज सुवेदीको मृत्यु भएको थियो। बसेको होटल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो। अच्युतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन्। माइतीका दुई छोरा छन्।

बुहारीले नै मन पराएका नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी परिवारले विवाह गरिदिएका हुन्। शनिबार घरपरिवारका सदस्यले आफन्त तथा केही नेताहरुको उपस्थितिमा मालतीलाई विवाह गरिदिएका छन्।

ससुरा प्रकाश सुवेदीले बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि आफूहरुले पनि सहर्ष स्वीकारेर छोरीसरह विवाह गरिदिएको बताए। हामीले एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौँ ‘यो उनकै खुशीका लागि हो।’ देशसञ्चारबाट

Loading...
प्रकाशित मिति १ मंसिर २०७५, शनिबार १५:३३