बाग्मती किनारमा सर्वसाधारणसँगै सामूहिक पूजामा हिमानी

पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरको सानेपा स्थित बागमती नदी किनारमा पुजा गरेकी छन्। उनले सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी हुन् ।

ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रतको विशेष अवसरमा पूर्व यज्ञराज्ञी शाह पूजामा सहभागी भएकी हुन् । जहाँ पूजामा काठमाडौँ उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरु सहभागी थिए ।

पूजामा सहभागी हुनेहरुले हरियो पहिरन लगाउनुपर्ने भएका कारण हिमानी पनि हरियो परिहनमा सजिएकी थिइन् । त्यहाँ पूजा सामाग्री पनि हरियो नै रहने परम्परा छ ।

यो व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरु बाट मुक्त हुने र परिवारमा सुख शान्ति कायम रहने विश्वास रहेको छ ।

Loading...
प्रकाशित मिति १ मंसिर २०७५, शनिबार १९:४०