प्रतिमा शर्मालाई डाक्टर पढाउन अझै सहयोगको अावश्यकता : सके सहयोग नसके शेयर गर्नुहोस

एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल बाँकेको खजुरा गाउँपालिका-४, डि गाउँकी प्रतिमाको शर्माको पढाईलाई पूर्णता दिन प्रतिमा शर्मा सहयोग समिति गठन गरिएको छ ।

पूर्ण छात्रवृत्तिमा नाम निकालेको भएपनि प्रतिमाको पढाई सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण प्रतिमाको परिवारले सो रकम जम्मा गर्न नसक्ने भएपछि सहयोग समिति गठन गरिएको हो ।

प्रतिमाको सुरुको भर्नासमेत छिमेकीले ऋण लिएर गरिदिएका छन् । उनको उच्च मावि तह अध्ययन पूरा गरेको ऋण समेत तिर्न बाँकी छ ।

समितिको शनिबार बसेको बैठकमा ८० हजार रुपैयाँ संकलन भएको छ । यसअघि वडा अध्यक्ष सुनारको पहलमा संकलन भएको एकलाख ९१ हजार रुपिया प्रतिमालाई हस्तान्तरण भइसकेको छ ।

सहयोगका लागि एनआईसी एसिया बैंकमा वडा अध्यक्ष सुनार र प्रतिमाकी आमा सितादेवी शर्माको नाममा रहेको खाता नम्बर बि १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने वडा अध्यक्ष सुनारले बताउनुभयो ।

Loading...
प्रकाशित मिति १ मंसिर २०७५, शनिबार २२:५८