बागमती किनारको सफाईमा ‘गगन थापा’

पुर्व स्वास्थ्य मन्त्रि, नेकाका नेता तथा सांसद गगन थापा छठपर्वकाे भाेलिपल्ट वागमती किनारामा सफाइ गर्न जुटे । छठकाे भाेलिपल्ट कार्तिक २८ गते बिहान उनले अाफ्नाे सामाजिक सन्जालबाट थापाले सबैलाइ गुह्वेश्वरीस्थित वागमती किनारमा भेट्न अाग्रह गरेका थिए । काठमाडाैँमा गुह्वेश्वरी क्षेत्रमा सबैभन्दा ठूलाे छठपर्वकाे राैनक हुने गरेकाे छ ।

जहाँ छठ पर्वका धार्मिक गतिबिधि भएका ठाउँमा रहेका फाेहरहरू सफा गरेर बागमतीलाइ सफा राख्नका लागि अाह्वान गरिएकाे थियो ।

सफाइ अबधिभर सांसद थापा फाेहर संकलन जुटे भने उपस्थित १०० का हाराहारीका व्यक्तिहरूले फाेहर संकलन गरेर अर्काे दिन फाेहर लैजान गाडीलाइ फाेहर संकलन गर्न सजिलाे हुने गरी फाेहर थुपारेका थिए ।

सफाइ कार्यक्रममा वाग्मती सुन्दरता सरोकार मञ्च, प्रतिनिधिसभा सांसदको सचिवालय क्षेत्र नं ४, काठमाडौँ, गुह्येश्वरी विनायक युवा क्लब, श्री छठ पूजा समितिलगायत सङ्घ संस्थाकाे सहागिता रहेकाे थियाे ।

 

तस्बिर : बसन्त गाैतम

Loading...
प्रकाशित मिति २ मंसिर २०७५, आईतवार ०३:४१