तीन कोईराला नेता एउटै मालमा उनिएर ‘देउवालाई सन्देश’

पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीको कोशिशमा रहेका कोइराला परिवारका तीन नेता आइतवार विराटनगरमा आयोजित एक कार्यक्रममा एकै मालामा उनिएर देउवालाई सन्देश दिएका छिन् ।

कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको आयोजनामा आइतवार एउटै मालामा उनिएका हुन् । सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा देखिएका हुन् ।

देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।

गत कात्तिक २५ गते सुजाताले मण्डिखाटारस्थित आफ्नो निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमानसिंह र कोइराला दाजुभाइलाई भेला गराएका थिइन् । जसलाई सुजाताले पार्टीको भावी रणनीतिलाई लिएर ‘राजनीतिक वार्ता’ भनेकी छन् ।

सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो ।

Loading...
प्रकाशित मिति २ मंसिर २०७५, आईतवार ११:०३