नेवार युवतीलाई मन पराउने ब्राह्मण केटो

ब्राह्मणबारे सोच्नेबित्त्तिकै तपाई के सम्झनुहुन्छ? ढाका टोपी कमिज सुरवाल लगाएर जजमानी गर्दै हिँड्ने, शुद्ध साकाहारी भोजन गर्न रूचाउने, अन्तर्जातिय प्रेम सम्बन्धको कल्पना पनि नगर्ने।

उसो त नेपाली फिल्ममा पनि यस्तै किसिमले प्रस्तुत गर्ने गरिन्छ तर आर्टमाण्डूले ल्याएको अंकितबाबु अधिकारीको नयाँ म्युजिक भिडियो ‘सम्झनालाई’ले भने यी स्टेरियोटाइपहरूलाई सोझै भत्काउँछ।

कथाको रूपमा आउने भिडियोमा एक ब्राह्मण युवक नेवार युवतीलाई मन पराउन थाल्छन्। युवतीलाई आकर्षित गर्ने कसरतमा उनीहरूले ब्राह्मणले ‘गर्नु हुँदैन’ भनिएका सबै कुरा गर्छन्।

‘ब्राह्मण हुनुलाई हाम्रो समाजमा यथास्थितिमा रहिरहने र रूढिवादी पक्षपोषकको रूपमा मात्र हेरिन्छ,’ निर्देशक नविन चौहान भन्छन्, ‘तर परिवर्तनशील समाजमा मानिसका माया, मोह, काम र क्रोधले ब्राह्मण र गैरब्राह्मण भन्दैन भन्ने देखाउन खोजिएको हो।’

पछिल्लो प्रस्तुतिलाई अधिकारीले मनोरञ्जनसँगै ब्राह्मणवादबारे नयाँ बहसको थालनी गर्न खोजेको बताए। उनले भने, ‘गीत गम्भीर विषयमा भए तापनि यसको आवरणलाई मनोरञ्जनकै रूपमा मात्र पनि हेर्न सकिन्छ।’

म्युजिक भिडियोमा यमन सुवेदीको शब्द, किरण भुसालको संगीत रहेको छ।

Loading...
प्रकाशित मिति २ मंसिर २०७५, आईतवार २२:१४