‘फिलिपिन्सकी राजकुमारी’द्धारा मकवानपुरमा प्रवचन : हेर्नेको घुँँईचो

मकवानपुरको मनहरी–८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिसपार्कमा फिलिपिन्सकी राजकुमारीले अवलोकन गर्नुको साथै मानसिक शान्ति सम्बन्धि प्रवचन दिएकी छन् ।

राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले सोमबार ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषययमा प्रवचन दिएका हुन् ।

पिसपार्कमा राजकुमारी मारियाले निर्माणाधिन संरचनाहरुको अवलोकन समेत गरेकी थिइन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा विगत तीन वर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिसपार्क निर्माण भइरहेको छ ।

पिसपार्कभित्र ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालय लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

सात हेक्टर क्षेत्रमा फैलिएको पिसपार्क निर्माणको लागि मनहरी गाउँपालिका, स्थानीय सामुदायिक वन, तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरेको उनले जानकारी दिए । पिसपार्कमा सोमबारै हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मूर्ति प्रतिस्थापना समेत गरेका छन् । अन्नपूर्ण पोष्टमा समाचमर छ ।

Loading...
प्रकाशित मिति ३ मंसिर २०७५, सोमबार ११:४१