लोकसेवा नतिजा : एउटै ठाँउमा पढेका ७५ प्रतिशत बढी उत्तीर्ण

लोक सेवा आयोगले हालै प्रकाशित गरेको राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षामा एउटै संस्थाबाट ७५ प्रतिशत बढी नतिजा आएको छ ।

सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोगले लिने विभिन्न सेवा/समूहको तयारी कक्षा सञ्चालन गरिरहेको पुतलीसडकस्थित सेडेप नेपाल(नेम) बाट मात्रै ७५ प्रतिशत बढी नतिजा आएको हो ।

आयोगले शाखा अधिकृतमा सिफारिस गरेका ३६५ जनामध्ये २७५ को हाराहारीमा यस संस्थामा पढेका विद्यार्थी उत्तीर्ण भएका छन् ।

दक्ष स्रोत व्यक्तिद्वारा प्रभावकारी पढाई, नियमित नमूना अभ्यास परीक्षा, पृष्ठपोषण कक्षा, विद्यार्थीमैत्री वातावरण, स्रोतव्यक्ति–विद्यार्थी र व्यवस्थापकबीचको त्रिपक्षीय समन्वयको कारणनै हरेक बर्ष हरेक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुने गरेको सेडेप नेपालका कार्यक्रम संयोजक माधवप्रसाद पाण्डेले बताए ।

यसैबीच शाखा अधिकृतमा सिफारिस भएका विद्यार्थीहरुलाई सेडेप नेपाल (नेम)ले एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

सम्मान कार्यक्रमा प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका सचिव वासुदेव शर्मा, सह–सचिव प्रकाश दाहाल, उपसचिव दिनेश घिमिरे, हेमराज तामाङ, पूर्वसचिव धरणीधर खतिवडा, पूर्व सहसचिव प्रतिक ढकाल, न्यायाधीश रामप्रसाद बस्याल लगायतको उपस्थिति रहेको थियो ।

Loading...
प्रकाशित मिति ४ मंसिर २०७५, मंगलवार ०३:४७