चर्चित अभिनेता बिपिन कार्की दुर्घटनामा परेका छन् । उनी आज बिहान कलंकीमा दुर्घटनामा परेका हुन् । मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनाका कारण उनको दाहिने खुट्टाको हड्डीमा फ्र्याक्चर देखिएको र अहिले बल्खुमा अवस्थित बयोधा हस्पिटलमा कार्कीको उपचार भइरहेको छ।
‘जात्रै जात्रा’को सुटिङमा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनको दुर्घटनाले चलचित्रको आजको छायाँकन समेत रोकिएको छ ।
‘अभिनेता कार्कीको अवस्था अहिले सामान्य रहेको छ भने ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको निर्देशक भट्टराइले बताए ।
पछिल्लो समयका निकै ब्यस्त अभिनेता उनको ‘जात्रै जात्रा’ लगायत केही चलचित्र छायाँकनमा छन्, भने केही प्रदर्शनको क्रममा छन् । अभिनित चलचित्र ‘प्रसाद’ यही २१ गते रिलिज हुदैछ ।