सन्दिप पाकिस्तान सुपर लिग खेल्ने पक्का, ५० लाख बढी पारिश्रमिक

काठमाडौँ :
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्ने पक्का भएको छ । लामिछाने पाकिस्तान सुपर लिगको अन्तिम छनोटका क्रममा लाहोर क्वालेन्डर टिममा अनुबन्धन भएका हुन।

पाकिस्तानको इस्लामाबादमा जारी खेलाडीहरुको अन्तिम अनुबन्धनमा विश्वभरका ३७१ क्रिकेटरलाई सहभागी गराइएको थियो । नेपाली स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरी र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए । फेब्रुअरी १७ देखि पाकिस्तान सुपर लिग (पीएसएल) सुरु हुँदैछ ।

अक्सनबाट छनोट भएका सन्दीप लामिछानेले ५० हजार डलर पारिश्रमिक पाउने पक्का भएको छ । सन्दीप छनोट भएको समाचारको विस्तृत विवरण आइसकेको छैन ।

सन्दीपले यसअघि आईपीएल, क्यारेबियन प्रिमियर लिग, क्यानेडियन लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।

Loading...
प्रकाशित मिति ४ मंसिर २०७५, मंगलवार १२:४३