बेलायती वृद्धाले श्रीमानको सम्झनामा नेपालमा बनाई न् विद्यालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित ज्ञानप्रकाश माविका विद्यार्थी जीर्ण भवनमा बसेर पढ्नुपर्ने समस्याबाट मुक्त भएका छन्। तीन वर्षअघि भूकम्पले जीर्ण बनेको भवन एक जना बेलायती नागरिकले आफ्ना दिवंगत श्रीमान्को स्मृतिमा पुनर्निर्माण
गरिदिएका हुन् ।

९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरले दिवंगत श्रीमान जोहोनको स्मृतिमा पहार ट्रस नेपालमार्फत् भवन निर्माण गरेकी हुन्।

स्पिनरले संस्थामार्फत् उलब्ध गराएको ७२ लाख ११ हजार २ सय १७ रुपैयाँ र विद्यालयको २५ लाख १० हजार ८७ रुपैयाँको लागतमा दुई तले आठ कोठे भवन निर्माण भएको संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए।

२०७४ मंसिर ४ गते शिलान्यास गरिएको भवन पहार ट्रसका प्रतिनिधि हवार्ड ग्रेई एमबीई र उनकी श्रीमती सेनी ग्रेईले शनिबार विद्यालयलाई हस्तान्तरण गरेका हुन्। ‘९० वर्षीया स्पिनरले नेपालको दुर्गम र विकट गाउँमा श्रीमानको स्मृतिमा भवन बनाउने योजनाअनुसार ज्ञानप्रकाश माविलाई सहयोग गरिएको हो’, गुरुङले भने।

भवन निर्माण भएपछि १ देखि १२ कक्षासम्म दिवा कक्षा सञ्चालन गर्न थालिएको छ। प्रधानाध्यापक शान्तबहादुर नेपालीका अनुसार यसअघि कक्षा कोठा अभावमा कक्षा ११ र १२ लाई बिहानी सत्रमा पढाउने गरिएको थियो।

Loading...
प्रकाशित मिति ४ मंसिर २०७५, मंगलवार १२:५७