बिद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्दैै यौन शोषण गर्ने प्रोफेसर पक्राउ

नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै किशोरी बिद्यार्थीलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।

कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएकोो पत्ता लागेको हो।

भट्टाचार्यकै विद्यार्थी (परिवर्तित नाम) सानीमायालाई दुई वर्षसम्म प्रयोग गरे । १८ वर्षीया सानीमाया अहिले २० वर्षकी भइन् । उनलाई त्यति बृद्ध व्यत्तिले कसरी फसाए सम्झिन सक्दिनन् । तर तिनै फोटोहरु देखाएर भट्टचार्याले ब्ल्याकमेल गर्न सुरु गरे ।

सानिमायाले आफूलाई छाडिदिन बारम्बार विन्ती गरिन् तर भट्टचार्या झन् क्रुर बन्दै गए । भट्टाचार्यले केही बोले, कतै उजुरी गरे तथा भनेको समयमा तोकेको होटलमा नपुगे आफ्नो ल्यापटपमा रहेका नाङ्गो फोटो र भिडियो परिवारमा देखाइदिने भन्दै धम्काउँथे । यति मात्रै होइन बोलाएको ठाउँमा एक मिनेट ढिला पुगे ज्यान मार्ने समेत धम्की दिन्थे ।

भट्टाचार्य प्रत्येक साता उनलाई राजाधानीको विभिन्न होटलहरुमा लगेर बलात्कार गर्थे, कुटपिट गर्थे । सानिमायालाई कसैसँग पनि कुरा गर्न बन्देज लगाउँथे, उनको फेसबुक आफै चलाउँथे, सिम कार्ड चेन्ज गराइरहन्थे ।कतिसम्म भने भट्टाचार्यको यातना सहन नसकेर सानिमाया आत्महत्यासम्मको सोचमा पुगिन् ।

तर उनले त्यसअघि एक पटक सिधाकुरा जनतासँग कार्यालयमा पुगेर आफ्नो पीडा बताउने अन्तिम विकल्प रोजिन् । र हामीलाई आफ्नो पीडा सुनाउँदै भट्टाचारर्यको कुरुप अनुहारलाई देखाईन् ।

उक्त दिन पनि भट्टाचार्यले उनलाई दिउँसो ३ बजे काठमाडौंकै एक होटलमा बोलाएका थिए । केही बेरमै होटल छिरेका उनले पूर्व निर्धारित कोठा परिर्वतन गरे । कोठा भित्र छिर्ने वित्तिकै फोन किन नउठाएको भन्दै कुटपिट गर्न थाले । कोठा भित्र उनलाई थर्काएको, कुटपिट गरेको आवाज होटल बाहिरैसम्म आएको थियो । कोठा भित्र सानीमाया प्रतिवाद गर्न सक्ने अवस्थामा थिइनन् । सानिमायालाई ढोका खोलेर भाग्न समेत नदिएपछि सिधा कुरा टिम ढोका खोल भन्दै भित्र छिर्यो ।

सानिमायाको बयानपछि प्रहरीले बोधीसत्वा भट्टचार्यलाई आफ्नो नियन्त्रणमा लियो र युवतीको जाहेरीपछि उनलाई हिरासतमा राख्यो । अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि भट्टाचार्य माथि अनुसन्धान भइरहेको छ । news24 tv

Loading...
प्रकाशित मिति ४ मंसिर २०७५, मंगलवार २२:३०