कञ्चनपुर पुगेर गगन थापाले भने : गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मलाको अपराधी पत्ता लाग्दैन

कांग्रेसका नेता गगनकुमार थापाले गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने बताउनुभएको छ ।

बुधबार निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यबद्धता जनाउन कञ्चनपुर पुग्नुभएका कांग्रेस नेता थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादल अपराधीलाई संरक्षण गर्न लागेको बताउँदै गृहमन्त्रीले राजीनामा नदिएसम्म अपराधी पत्ता नलाग्ने बताउनु भएको हो ।

कांग्रेस नेता थापाले भन्नुभयो – यतिबेला गृहमन्त्री बादल कालो बादलका रुपमा रहनु भएको छ’, ‘त्यसैले कालो बादल हटेर पानी नपरेसम्म फोहर पखालिँदैन ।’

अपराधिलाई संरक्षण गर्ने नियत र अपरािध पक्ता लगाउने क्षमताको अभावल गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मलाको अपराधि पक्ता नलाग्ने जिकिर समेत गर्नुभयो ।

नेता थापाले अपराधी पक्ता लगाउन सिंगो देश लागिरहेका बेलामा अपराधीले नै जित्नु विडम्बना भएको‘यतिबेला गृहमन्त्रीले मात्रै हारेका छैनन् । हामी सबैले हारेका छौ’, नेता थापाले भन्नुभयो ‘एक दुईजना अपराधीले जित्नु भनेको सिंगो देश र सारा नेपालीले हार्नु हो ।’ उज्यालोमा समाचार छ ।

Loading...
प्रकाशित मिति ५ मंसिर २०७५, बुधबार ०८:२७