मनकारी अमिताभ : तिर्दिए १४ सय कृषकको करोडौँ ऋण

महान पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् ।

मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी दिएका हुन् । ब्लगमा लेखिएअनुसार उनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको ऋण एक्लैले तिरिदिएका छन् ।

उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ जसलाई अमिताभले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।

सबै किसानहरु ऋण चुक्ता भएको बैंकको कागजपत्र लिन मुम्बई जानेछन् । सबै किसानहरुलाई एकै पटक मुम्बई ल्याउन कठिन भएपछि अमिताभले रेलको डिब्बा नै रिजर्भ गरिदिएका छन् । उनीहरुलाई अमिताभले २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्ने छन् ।

अमिताभले यसै वर्ष महाराष्ट्रका ३५० किसानहरुको ऋण चुक्ता गरिदिएका थिए ।

Loading...
प्रकाशित मिति ५ मंसिर २०७५, बुधबार १०:४०