गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेपछि हंगामा भएको छ ,
पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्नछ पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् ।
गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको र गृहमन्त्री अचम्मित भएको स्रोतले बताएको छ ।
हाल भट्टराईको वीर अस्पतालमा उपचार भइरहेको छ भने उनको रगत टेष्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।