मेलिनाले जे गायो त्यही हिट : अन्जुलाई पारिन् पछाडी

पिरेम नलाउने.. ‘बैंसै बेइमानी.. ‘नाच फिरिरि.. पछिल्लो समय चर्चामा रहेका गीत । चारै गीतकी गायिका भने एकै हुन् मेलिना राई । चाहे फिल्म होस्, चाहे एल्बम, जताततै मेलिनाकै माग छ ।

जे गायो, त्यही हिट, रेकर्डिङ बाहेक देश/विदेशका कन्सर्टमा पनि भ्याईनभ्याई छ उनलाई । गीत गाउनकै लागि एक दर्जन मुलुक पुगिसकेकी मेलिना भन्छिन्, “मेरो मिहिनेत त छँदैछ, दर्शक/श्रोता र कम्पोजरको माया मुख्य कुरा हो ।”

यो सबथोक बदलिएको थियो, नाईं नभन्नु ल ३ मा ‘ कम्मरमाथि पटुकी…’ गाएपछि । ‘कम्मरमाथि पटुकी…’ गाउनुअगाडि मेलिनाले चार–पाँच गीत रेकर्ड गराए पनि खासै फलदायी रहेन । मेलिना सम्झिन्छिन्, “त्यतिबेला मैले हरेस खाइनँ, राम्रो अवसरको प्रतीक्षामा थिएँ, ‘कम्मरमाथिको पटुकी…’ले त्यो अभाव पूरा गरिदियो ।”

उनको त्यतिबेला उदय भयो, जतिबेला अञ्जु पन्तको करिअरमा दरार देखा पर्न थालेको थियो । अञ्जुको व्यक्तिगत आनीबानीका कारण संगीतकारहरु विकल्प खोजिरहेका थिए । मेलिना पहिलो रोजाइमा परिन् । अहिले अन्जुलाईसमेत पछाडी पारिन् ।
मेलीना जो ममधुर स्वरकी धनी जो थिइन् ।

– नेपालबाट

Loading...
प्रकाशित मिति ५ मंसिर २०७५, बुधबार १३:५६