प्रियंका चोपडाले बनाएको नेपाली फिल्म पाहुनाको अायो मनछुने ट्रेलर

भारतीय अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको नेपाली सिनेमा पाहुनाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।

ठ्रेफरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ । नेपाली भाषामा तयार पारिएको यो सिनेमामा अंग्रेजी सबटाइटल पनि राखिएको छ ।

सिनेमामा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । सिनेमालाई पाखी ए तराइवालाले निर्देशन गरेका हुन् । वसन फिल्मले राम्रो ब्यापर गर्ने अपेक्षा गरिएको छ ।

भिडियो :

Loading...
प्रकाशित मिति ५ मंसिर २०७५, बुधबार २२:२३