‘श्रृंखलालाई बिश्वसुन्दरी’ बन्न अझै भोटको अावश्यकता, यसरी गर्नुहोस भोट

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा प्रमुख दावेदारीको रुपमा देखिएकी छिन् ।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन । साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्। दोस्रो नम्बरमा मिस रसिया रहेकी छन्। मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ।

मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्।

समीक्षकहरूले यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड-२०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ।

शृंखलालाई भोट गर्ने तरिका :
1. Click this link
bit.ly/VoteShrinkhala

2. Scroll to bottom
3. Select (Nepal – Shrinkhala KHATIWADA)
4. VOTE !! जति पटक भोट गरे पनि हुन्छ।

Loading...
प्रकाशित मिति ६ मंसिर २०७५, बिहीबार ०३:४८