चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ प्रतियोगितामा भाग लिँदै गरेकी श्रृङखला खतिवडाबाट नेपालले पहिलेको तुलनामा निकै अघि बढेकी छिन ।
मिस वर्ल्डको फिनाले हुनुअघि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यी इभेन्टहरुमा जित्नेहहरुले सिधै क्वार्टरफाइनल अर्थात उत्कृष्ट ३० सम्म पुग्ने अवसर पाउँछन् ।
यो प्रतियोगितामा नेपालकी श्रृंखला १ सय २१ जना प्रतिस्पर्धीमध्ये टप ३० सम्म पुगिन् । मिस वल्र्डको फिनाले हुनुभन्दा अगाडि हुने प्रतिस्पर्धामध्ये मल्टिमिडिया, हेड टु हेड च्यालेन्ज, र ब्युटी विथ पर्पस जारी रहेका छन् ।
मल्टिमिडियामा श्रृङखलाले भारी अग्रता हासिल गर्दै समेफाईलमै पुगेकी छिन । चीनको सान्यामा आउँदो ८ डिसेम्बरमा मिस वल्र्डको फाइनल इभेन्ट हुनेछ । मिस वल्र्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया पनि एउटा हो ।
उनले सामाजिक सञ्जालमा केही तस्बिरहरु सेयर गर्दै यसअघि भएको बेस्ट डिजाइनरमा भने सुखद अनुभव नभएको उल्लेख गरेकी छिन् । बेस्ट डिजाइनरमा श्रृंखलाको लागि मनिष राईले न्युड पिंक कलरको गाउन तयार पारेका थिए ।
तिघ्रामा चिरिएको यो गाउनको पछाडिको भाग सलले सिंगारिएको थियो । तर यो ड्रेस लगाएर श्रृंखला राम्रोसँग हिँड्न सकिनन् । यो गाउन लगाएर धेरै पटक अभ्यास गरेको भए पनि पछि गाउनमा थपिएको लम्बाई र त्यसमा थप भरिएका भारी बुट्टाले उनलाई अप्ठ्यारो भइदियो । किनभने गाउनमा जडित मोती र अन्य सजावटहरु एकअर्कामा अल्झिएपछि उनलाई हिँड्न गाह्रो भएको थियो ।
श्रृंखलाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अभ्यास गर्दा म बिस्तारै आरामले हिँडेकी थिएँ । तर, र्याम्पमा हाम्रो कोरियोग्राफी फास्ट थियो । पछाडिको सल अल्झिएर मलाई हिँड्न असहज भयो ।’
यो सँगै श्रृंखलाले डिजाइनर आफैंमा छुट्टै प्रतिस्पर्धा भएकाले यसमा पछि पर्दैमा समग्र प्रतियोगितामा असर नपर्ने स्पष्ट पारेकी छिन् ।