श्रृंखलाको भोटिङतर्फ अग्रता कायमै, यस्तो छ ताजा अपडेट

चीनको सान्या शहरमा जारी प्रतिस्पर्धा ‘मिस वर्ल्ड – २०१८’ मा मिस नेपाल श्रृंखला खतिवडाले भोटिङतर्फ अग्रता कायमै राखेकी छन् ।

मोबस्टार एप तथा मिस वर्ल्डको आधिकारिक वेबसाइटमा जारी भोटिङमा श्रृंखलाले यो समाचार तयार पार्दासम्म २२ दशमलव ४४ प्रतिशत भोट पाएर अग्र स्थानमा छन् ।

कुनै समय करीब ३० प्रतिशतको हाराहारीमा पुगेको भोट अहिले २२ मा झरेको छ । यद्यपि उनको भारी अग्रता कायमै छ । यस्तै मिस मंगोलियाले १२ तथा मिस थाइल्याण्डले ५.९३ प्रतिशत भोट पाएका छन् । मिस फ्रान्स, मिस थाइल्याण्ड, मिस फिलिपिन्स पनि भोटिङतर्फ अन्य धेरै प्रतिस्पर्धीभन्दा अगाडी छन् ।

भोटिङ तथा सामाजिक सञ्जालको गतिविधिमा सबैभन्दा अब्बल ठहरिने प्रतिस्पर्धीले मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा सिधै प्रवेश पाउने छ ।

कसको कति प्रतिशत भोट हेर्न र भोटिङ गर्न यहाँ जानुहोस् https://www.missworld.com/#/vote

Loading...
प्रकाशित मिति ८ मंसिर २०७५, शनिबार ०३:३९