क्रिश्चियनले भ्रममा परेर खोलामा चोबलेर धर्म परिवर्तन गराउदै !

मुलकमा ईशाई धर्म परिबर्तन गराउर्ने अभियानलाई यस्का अनुयायीहरुले तीब्रता दिएका छन् । क्रिश्चयन सस्था तथा चर्च सन्चालन गरी हिन्दु लगायत अन्य धर्माबलम्बीहरुलाई आर्थिक प्रलोभन र असाध्य (निको नहुने) क्यान्सर जस्ता रोग निदानको लागी प्रभु ईशुको शरणमा गए निको हुने भ्रमजालमा पारेर धर्म परिवर्तन गराउने काम भैरहेको छ ।

बागलुङको गल्कोटको हटियामा सन्चालित सच्चाईको सत्संग नामक क्रिश्चियन धर्म प्रचारक संस्थाले पुरुष एवं महिलाहरुलाई भेला गराएर यशु, पिता, परमेश्वरको नामको भजन कृतन गयो भने छारे, बाथ, मुटु, घाँटीको टन्सिल, हाडजोर्नी देखि क्यान्सर सम्मका असाध्य रोगहरु निको हुन्छ भन्ने भ्रममा पारेर धर्मपरिवर्तन गराउने कार्य भैरहेको छ ।

असाध्य रोगहरु यशुको भजन कीर्तन र सत्संग गरे निको हुन्छ भन्ने जस्तो झुटको खेती गरेर लाटा सिधा महिला पुरुषहरुलाई धर्म परिवर्तन गराउने खेती बागलुङ जिल्लामा फस्टाई रहेको छ ।

बुर्तिबाङमा धर्म परिवर्तन गराउने नाममा मानिसलाई खोलामा डुबाएर सपथ खुवाउने गरिन्छ । अन्य जुन कुनै धर्मबाट इशाई धर्ममा प्रवेश गराए पछी नवप्रवेशीलाई बडीगाड खोलामा डुवाएर (चोबलेर) धर्मपरिवर्तन गर्ने गरेको पाइएको छ ।

गत आइतबार दिउँसो बडीगाड खोलामा एक महिलालाई डुबाएर धर्म परिवर्तन गरिएको घटनाले तत्क्षत्रमा सनसनी फैलिएको छ । इशाइ धर्ममा प्रवेश गराएपछी ‘इशुको विश्वास गर्छु र जीवन मरण सम्म उहाँकै आज्ञापालना गर्छु…’ भन्दै किरिया खुवाउनका लागि यस्तो गरिएको चर्चका प्रमुख विमल पाण्डेले बताए ।

गत आईतबार दिउसो धर्मपरिवर्तनको यो अमानवीय कुकृत्य स्थानीय जो जस्ले प्रत्यक्ष देखे उनिहरुले बिरोध जनाएका छन् ।

Loading...
प्रकाशित मिति ८ मंसिर २०७५, शनिबार १४:३९