गाडी खरिद आएको पैसाबाट मेयर-उपमेयरले जनतालाई खानेपानीको ट्यांकर..

सर्लाही, २ साउन । धेरै जसो जनप्रतिनिधिरु सुविधाभोगी भएको खबर सार्बजनिक भइरहेको बेला सर्लाही जिल्लाको एक नगरपालिकाका मेयर र उपमेयरले गरेको उदाहरणीय कामले अहिले सर्वत्र चर्चा पाइरहेको छ

जिल्लाको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानले आफ्नो सुबिधाको लागि गाडी किन्न बिनियोजन गरेको पैसाबाट जनताका सेवाका लागि खानेपानीको ट्यांकर खरिद गरे पछि त्यसको चर्चा भएको हो ।

यति मात्रै होइन उक्त नगरपालिकाले सुत्केरी पोषण भत्ताबापत छोरी जन्मिए ५ हजार रुपैयाँ र छोरा जन्मिए ३ हजार रुपैयाँ समेत दिने घोषणा गरेको छ ।

नगरभित्र पर्ने चुरे क्षेत्रको बस्तीमा देखिएको खानेपानीको समस्या बुझेर उनीहरुले गाडी किन्नुभन्दा खानेपानीको समस्या समाधान गर्नु उत्तम देखेको बताए ।

मेयर थापाले अघि सारेको योजनामा उपप्रमुख लीलाकुमारी मोक्तानले पनि साथ दिएपछि यो सम्भव भएको हो ।

उपप्रमुख पनि आफै जस्तो पाएपछि गाडी किन्न आएको २२ लाख रुपैयाँबाट खानेपानीको ट्यांकर खरिद गरे । अहिले त्यही ट्यांकरबाट प्रत्येक दिन नगरबासीले निःशुल्क खानेपानी पाएका छन् । गाडी नकिनेर ट्याङकर किन्ने नगर प्रमुख थापा र उप–प्रमुख मोक्तान दुवै पैदल हिड्छन् ।

नगरभित्रका कार्यालयमा आवत जावत गर्न मोटरसाइकलमा लिफ्ट मागेर हिड्ने गरेका छन् । ‘हामी गाडी चढदै गर्दा कसैले पानी खाएको छैन भने त्यो राम्रो हुँदैन भन्ने लागेर हामीले आफ्नो लागि गाडी होइन, जनताका लागि ट्यांकरमार्फत बस्ती बस्तीमा खानेपानी पुर्याउने काम गरेका छौं, यस्मा जति खुसी अरुमा हुने रहेनछ,’ उपप्रमुख मोक्तानले भनिन् ।

त्यसो त बागमती नगरपालिकाले गरेको सुत्केरी भत्ता नगरपालिका संघको उत्कृष्ट एक सय कामभित्र पर्न सफल भएको छ । जुन साच्चिकै उदाहरणीय छ ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १६:३४