विप्लवसँग वार्ता भंग भएको घोषणा-सञ्चारमन्त्री!

काठमाण्डु, ३ साउन– सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग अनौपचारिक वार्ताले आकार नलिँदै वार्ताको ढोका बन्द भएको संकेत गरेका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँसकोटाले वार्ता असम्भव रहेको सांकेतिक अभिव्यक्ति दिए । उनले प्रतिबन्ध फुकुवा गर्नुपर्ने र पक्राउ परेका कार्यकर्ता छाड्नुपर्ने विप्लवको सर्त सरकारका लागि अस्वीकार्य रहेको बताए । विप्लवले वार्ताको आवरणमा शक्ति सञ्चय गर्न खोजेको भन्दै बासकोटाले हिंसा छाडेर निसत वार्तामा आउन आग्रह गरे । बासकोटाले तत्कालीन नेकपा माओवादीले ०५२ देखि ०६३ सम्म गरेको वार्ताको दाउपेच आफूहरुले राम्ररी बुझेको भन्दै सरकार यसपटक नझुक्किने स्पष्ट गरे ।

‘मान्छे पहिला छाड्नुपर्ने, मुद्धा फिर्ता लिनुपर्ने अनि वार्तामा आउने भन्ने दाउपेच नगरे हुन्छ’, बाँसकोटाले भने, ‘पक्राउ परेका मान्छे छाडेर फेरि बन्दुक बोकाउन वार्ता हुँदैन ।’ विप्लवले क्षयीकरण भएको शक्ति आर्जन गर्न, प्रचारमार्फत भ्रम सिर्जना गर्न र हिंसालाई वैधता दिन वार्ताको हल्ला गरेको दाबी गरे । बाँसकोटाले विप्लवका अधिकांश माग अनुचित, गैरजिम्मेवार, असम्भव र आधुनिक दुनियाँले स्वीकार्न नसक्ने रहेको बताए । ‘कि सिके राउतले जसरी हिंसा छाडेर दल दर्ता गर्ने गरी आउनुपर्छ’, बाँसकोटाले भने, ‘हिंसाको राजनीतिलाई वैधता दिन सरकार वार्तामा बस्दैन ।’

नेकपा सांसद सोमप्रसाद पाण्डे संयोजकत्वमा गठित सरकारी वार्ता टोली र विप्लव समूहका एक स्थायी समिति सदस्यबीच केही दिनअघि काभ्रे र भक्तपुरको सिमास्थित एक होटलमा वार्ता भएको सामाचारहरु सार्वजनिक भएको थियो । त्यस क्रममा विप्लव समूहले आफ्ना पक्राउ परेका कार्यकर्ताको रिहाई र दलमाथिको प्रतिबन्ध फुकुवा वार्ताका लागि पहिलो सर्त भएको अडान राखेको थियो ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १७:११